८ बैशाख २०८१, शनिबार

विश्वासको मत नदिए नयाँ सरकार गठनका लागि मार्गप्रशस्त : प्रधानमन्त्री ओली


आजको प्रतिनिधिसभाको विशेष बैठक

काठमाडौं । सोमबार प्रतिनिधिसभामा विश्वासको माग माग्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद राम्रोसँग सञ्चालन गर्ने भए आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।

साथै ओलीले विश्वासको मत नदिए आफूले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्ने पनि बताए । ओलीले भने, “मैले सरकारको नेतृत्व गर्न जरुरी छ कि छैन, संसदले आदेश देओस्, छैन भने संसदको आदेशसँगै मार्गप्रशस्त भइहाल्छ । यसमा कुनै जालझेल षड्यन्त्र छैन ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !