८ बैशाख २०८१, शनिबार

प्रधानमन्त्रीको जवाफ : भीरको डीलमा गएर हाम्फाल्ने, गुरुत्वाकर्षणलाई दोष दिने ?


आजको प्रतिनिधिसभाको विशेष बैठक

काठामडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भीरको डीलमा गएर हाम्फाल्ने, गुरुत्वाकर्षणलाई दोष दिने ? भन्दै अरुले काम बिगार्ने तर आफूलाई दोष लगाएकोमा खरो प्रतिवाद गरेका छन् ।

संघीय संसद्को प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीलाई विश्वासको मतसम्बन्धी प्रस्तावका छलफलमा क्रममा सांसदले राखेका प्रश्नको जवाफ दिंदै उनले त्यस्तो धारणा व्यक्त गरेका हुन् ।

उनले आफूलाई विश्वासको मत दिए संसद विघटन नहुने बताएका हुन् । संसदमा आफूप्रति उठेका प्रश्नको जवाफ दिँदै ओलीले भने, ‘संसद विघटन होला भन्ने चिन्ता छ । मत दिनुहोस् न कसरी हुन्छ ? आफैं विश्वासको मत नदिएर विघटनतिर लैजाने ?’

आफैंले मुद्दा जितेर ल्याएको संसद भोट दिए जोगिने भन्दै उनले विपक्षीसँग विश्वासको मत मागे । ‘विश्वासको मत दिँउ,’ ओलीले भने, ‘मुद्दा लडेर फिर्ता ल्याएको संसद बचाउँ । भोट दिँउ । काम चाहिँ उही भएपछि म के गरौं ?’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !