७ बैशाख २०८१, शुक्रबार

दरिद्र नेपाल र दु:खी नेपाली भएका छन् : उपेन्द्र यादव


उपेन्द्र यादव सांसदमा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले ‘दरिद्र नेपाल र दु:खी नेपाली’ भएका टिप्पणी गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आज वैशाख २७ गतेका लागि आह्वान गरेको संसद्‍को विशेष बैठकमा बोल्दै उनले यस्तो धारणा राखेका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली” भन्ने नारा अघि सारेपनि अहिले नेपाल ‘दरिद्र नेपाल र दु:खी नेपाली’ भएको आरोप लगाएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !