८ बैशाख २०८१, शनिबार

रामकुमारी झाँक्रीले रुँदै भनिन्, “अब एमाले छोडियो, नयाँ कम्युनिष्ट पार्टी निर्माण गर्छौँ”


रामकुमारी झाँक्री

काठमाडौं । नेकपाएमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीमा फर्किएर काम गर्ने ढोका केपी शर्मा ओलीले बन्द गरिदिएकोले अब सँगै रहने सम्भावना नरहेको बताएकी छिन् ।

प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ झाँक्रीले रुँदै झाँक्रीले राजनीतिमा एउटा अध्याय सकेर एउटा नयाँ बाटो लागेको बताइन।

झाँक्रीले अब एमालेबाट बाहिरिएको बताइन। ओलीले गर्दा आफूहरु एमाले पार्टी छाड्न बाध्य भएको बताइन। झाँक्रीले भनिन्, “आज हाम्रो लागि एकदमै टफ दिन हो, अलिकति संवेदनशील दिन पनि हो । हामी जे गर्न गैरहेका छौं, राजनीतिमा एउटा अध्याय सकेर एउटा नयाँ बाटो लाग्दैछौं । त्यो कारणले स्वाभावैले हाम्रा सबै सांसदहरुले जसरी कुरा राख्नुभयो, अलिक बढ्दा भावुकता, पार्टी अध्यक्ष केपी शर्मा ओलीले उहाँको सुविधाको लागि पार्टी एकता गर्नुभयो, र पार्टी विघटन पनि उहाँले गर्नुभयो । पार्टी विघटन भैसकेपछि अदालतमा सेटिङ गरेरै बनाउनुभएको छ । त्यो सेटिङपछि अदालतले पूर्ववतः अवस्थामा भनिसकेपछि २०७५ साल जेठको २ गते अघिको कण्डिसन हो, एमालेको । त्यही अवस्थामा फर्किएर हामी काम गर्छौं भनेर हामीले उदारतापूर्वक भनिरहँदा उहाँले हामीलाई ढोका बन्द गर्नुभयो । त्यो ढोका उहाँले आजपनि बन्द गर्नुभएको छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !