१२ बैशाख २०८१, बुधबार

नेपाल-खनाल समूहका सांसदहरुको सिंहदरबारमा बैठक चलिरहँदा प्रचण्डको “इन्ट्री”


प्रचण्ड फाइल फोटो

काठमाडौं । नेकपा एमालेका नेता माधव कुमार नेपाल-झलनाथ खनाल समूहका सांसदहरु राजीनामा दिनेगरी आन्तरिक छलफलमा जुटेकै बेलामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र वर्षमान पुन लगायतका नेताहरु सिंहदरबार पुगेका थिए ।

स्रोतका अनुसार प्रचण्ड दलको बैठकको लागि सिंहदरबार पुगेको बताईएको छ । तर सत्तारुढ दल नेकपा एमालेको माधव नेपाल समूहका सांसदहरुको आज बिहान सोमबार सिंहदरबारमा बसेको बैठकले प्रतिनिधिसभाको बैठकमा उपस्थित नहुने निर्णय गरेको नेता भीम रावलले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन बोलाएको संसद बैठकमा अनुपस्थित रहने निर्णय गरेको रावलले बताए । सांसदहरूको बैठकमा राजीनामा दिएर पनि केपी ओलीकै सरकार निरन्तर रहने गरी राजनीति अघि बढ्यो भने के गर्ने ? भन्ने प्रश्न समेत उठेको थियो ।

केही सांसदले राजीनामा दिएर आत्मघाती बाटोमा जानुभन्दा आजको संसद बैठकमा अनुपस्थित रहेर अझै विकल्पहरु बाँकी राख्ने सुझाव दिएको बताइएको छ । पार्टी एकताका पक्षमा आफूहरूले हदैसम्मको लचकता अपनाएपनि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले बेवास्ता गरेको भन्दै रावलले संविधानविपरीत उभिने प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसकिने बताएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !