११ बैशाख २०८१, मंगलबार

ओलीलाई नेपाल समूहले दिएको अल्टिमेटम सकियो : सामूहिक राजीनामाको दिने तयारी


केपी ओली, झलनाथ खनाल र माधव नेपाल

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको माधव नेपाल समूहले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई २०७५ साल जेठ २ गतेमा फर्किन र सहमतिका साथ पार्टीलाई अगाडि बढाउन आज वैशाख २७ गते बिहान ९ बजेसम्मको लागि दिएको १२ घण्टे अल्टिमेटम सकिएको छ ।

नेपाल समूहका सांसदरुको बैठकले आज बिहान ९ बजेसम्म आफ्नो अल्टिमेटम पूरा गरेमा संसदमा विश्वासको मत दिने निर्णय गरेको छ । तर ओलीले आफूहरुलाई किनारा लगाउने ढंगले गएमा आज नै कठोर निर्णय गर्दै सामूहिक राजीनामाको दिने तयारी गरेको नेपाल समूहका एक नेताले बताए ।

एमालेको नेपाल समुहले आफूहरुले दिएको समयसीमामा अध्यक्ष ओलीले कुनै जवाफ नदिएपछि अव नकुर्ने संकेत गरेको हो । सो समुहका सांसदहरुले अव सामुहिक राजीनामाको विकल्प नभएको पनि बताएका छन् ।

खनाल नेपाल समुहका सांसदहरु अहिले सिंहदरबारमा भेला हुँदैछन् । भेला भएपछि सामुहिक राजीनामा दिने तयारी गरेको एक सांसदले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !