८ बैशाख २०८१, शनिबार

अन्तत: केहि समयको लागि रोकियो नेपाल समूहका सांसदको सामूहिक राजीनामा


माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल

काठमाडौं । अन्तत: सत्तारुढ दल नेकपा एमालेको असन्तुष्ट माधव नेपाल समूहका सांसदको सामूहिक राजीनामा केहि समयको लागि रोकिएको छ । एमालेको संसदीय दलका उपनेता सुवास नेम्वाङ र अर्थमन्त्री विष्णु पौडेलसँगको भेटेपछि नेपाल समूहको सामूहिक राजीनामा रोकिएको हो ।

नेपाल समूहका सांसदले दिने भनेको सामूहिक राजीनामा केहि सम्यकोल लागि रोकिएकोले विभाजनको संघारमा पुगेको एमालेमा क्षणिक आशाको दियो बलेको छ । अव निभ्न लागेको यो दियोमा ओली र नेपाल समूहले तेल थपे भने पार्टी एकता कायम रहने देखिन्छ तर यसमा दुवै समूहले आपसी असमझदारी विर्सेर पार्टीको भविष्यको लागि त्याग गर्न जरुरी छ ।

नेपाल समूहले आज सामूहिक राजीनामा गर्ने निर्णय गरेको थियो । नेपालले आफू निकटका सांसदहरूलाई बोलाएर केही बेर छलफल समेत गरेका थिए । तर, सो समूहले सामूहिक राजीनामा दिने निर्णय भने गर्न नसकेको सो समूहका एक सांसदले बताए ।

प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि तहमा पार्टीका सरकारलाई ढालिछाड्ने र विरोधीहरुको दिग्विजय गराएर उत्सव मनाउने जस्ता घातक र दु:खद प्रवृतिहरु पनि आज देखा परेकोमा दुख व्यक्त गरेका छन् । आज आइतवार एक प्रेस व्यक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले बाहिर हल्ला फैलाएजस्तो र हल्ला चलेजस्तो पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात नगर्ने पनि स्पष्ट पारेका हुन् ।

यस्तै सत्तारुढ एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्‍वासको मत दिन सांसदहरुलाई ह्‍वीप जारी गरेको छ । मुख्य सचेतक विशाल भट्टराईले पार्टी संसदीय दलका नेता केपी ओलीको निर्देशन अनुसार आइतबार प्रधानमन्त्रीलाई विश्वासको मतको पक्षमा मतदान गर्न सांसदहरूका नाममा ह्वीप जारी गरेका हुन् ।

एमालेका शीर्ष नेताहरुमा बढेको चरम शक्तिसंघर्षले एमाले पार्टी अचानो बन्दै बिग्रह र बिनासको बाटोउन्मुख भएको छ । पार्टीलाई विभाजन गराएर पतनको बाटो रोज्नुभन्दा एमालेलाई विभाजनवाट जोगाउनु पर्ने बाध्यता पनि एमालेका दुवै समूहलाई रहेको छ ।

‘विनाश काले विपरीत बुद्धि’ भनेझै अहिले नेकपा एमालेका नेताहरुले ‘आफ्नै घरमा आगो लगाएर’ खरानी बनाई अरुको घरमा भीख माग्दै हिडेका छन् । व्यक्तिगत शक्ति संघर्ष र सत्ता मोहको जालमा फसेर यिनीहरुले ऐतिहासिक पार्टी एमालेलाई चिरा-चिरा बनाएर विनाशको बाटोतिर लागिरहेका छन् ।

ओली २०७५ साल जेठ २ गतेमा फर्किएर माधव नेपालले आफ्नो राजनीतिक भविष्यको सुनिश्चतता खोजेकोले महाधिवेशनमा नेपाललाई अध्यक्षको आश्वाशनको जेन्टलमेन एग्रीमेन्ट गरिदिएर पार्टीलाइ एक बनाउन प्रधानमन्त्री ओली तयार हुनु जरुरी छ । २०७५ जेठ ३ भन्दा अगाडिको अवस्थामा फर्किएर पर्र्को लागि त्याग गरेर एकताको गर्न ओलीले अहम् भूमिका खेल्नु आजको आवश्यकता हो ।

पार्टीको विभाजन नचाहेका नेकपा एमालेका आम नेता र कार्यकताहरुलाई व्यक्तिगत स्वार्थपूर्ति र सत्तामोहले फसेका यी शीर्ष नेताहरुले चरम निरासा अवस्थामा पुर्याएका छन् । यी दुवै समूहका नेताहरु आफू पत्तासाफ भएर पतन हुने निश्चित छ भने एमाले पार्टीलाई छेद-विच्छेद बनाउनुको साथै देशको राजनीतिलाई अध्यारो सुरुङतिर धकल्ने प्रयास गरेको आरोप समेत खेप्नुपर्ने देखिन्छ ।

तर राम राम भन्न मात्र सकिन्छ काँध थाम्न सकिदैन । एमालेका सवै यी शीर्ष नेताहरुको बेलैमा सद्बुद्धि आओस् एमाले विभाजनवाट जोगिएर पुन:एकताबद्ध होस् भन्ने कामना मात्र गरौ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !