१२ बैशाख २०८१, बुधबार

रामकुमारी झाँक्री भन्छिन्, ‘जुनसुकै जोखिम उठाउन तयार हुनुपर्छ’


रामकुमारी झाक्री

काठमाडौं । नेकपा एमालेकी नेतृ एवं सांसद रामकुमारी झाँक्रीले जनता, राष्ट्र, संविधान र व्यवस्थाको रक्षाका लागि जुनसुकै जोखिम उठाउन तयार हुनुपर्ने बताएकी छिन् । आज शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले राजनीति व्यक्तिगत लेनदेनको मामिला नभएको स्पष्ट पारेकी छन् ।

साथै उनले राजनीतिक विषयमा उधारो संझौता पनि हुन नसक्ने भन्दै युद्धमा होमिएका क्रान्तिकारीहरूका निम्ति विजय र मृत्यूको बराबर सम्भावना हुने बताएकी छन् ।

उनले लेखेकी छन्, ‘राजनीति व्यक्तिगत लेनदेनको मामिला होईन । राजनीतिक विषयमा उधारो संझौता पनि हुनसक्दैन । युद्धमा होमिएका क्रान्तिकारीहरूका निम्ति विजय र मृत्यूको बराबर सम्भावना हुन्छ । जनता, राष्ट्र, संविधान र व्यवस्थाको रक्षाका लागि जुनसुकै जोखिम उठाउन तयार हुनुपर्छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !