१३ बैशाख २०८१, बिहिबार

गुहार माग्दै ओलीले गरे घनश्याम र योगेशसँग मध्यरातसम्म वार्ता, के-के कुरा भयो ?


काठमाडौं, २४ वैशाख। नेकपा एमाले फुटको संघारमा पुगिसकेको अवस्थामा पछिल्लो केहि समयदेखि एमाले भित्रका नेताहरु भेटघाटमा व्यस्त छन्।

पार्टी तिन समूहमा भिवाजन भइसके पनि पार्टी एकताको पक्षमा दुवै समूहका नेताहरु लागेका छन्। तर सहमति हुन सकेको छैन । विशेष स्रोतका अनुसार बिहिबार मध्यरातमा प्रधानमन्त्री केपी शर्मा ओलीले घनश्याम भुसाल र योगेश भट्टराईलाई भेटेका छन् ।

स्रोतका अनुसार ओली र नेताद्धय भुसाल-भट्टराईवीच भएको छलफलमा ओलीले महाधिवेशन आयोजक समितिको बैठकमा आउन आग्रह गरेका थिए। ओलीले बैठकमा आउन आग्रह गरे पनि नेताद्धय भुसाल-भट्टराईले भने २ जेठ २०७५ मा फर्किनुपर्ने पुरानै अडान राखे । तर ओली फर्किन नसक्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !