७ बैशाख २०८१, शुक्रबार

दोस्रो पटकको मन्त्रीमण्डलले समेत पूर्णता पाएन, चार जना नयाँ मन्त्री थपिए


new ministers

फागुन १४, काठमाडौँ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले चार मन्त्री थप गरेका छन् । बिस्तारित मन्त्रिपरिषद्ले समेत पूर्णता पाउन सकेन । आज नेकपा एमालेबाट दुई र नेकपा माओवादी केन्द्रबाट दुई मन्त्री थपिएका छन् ।

नेकपा एमालेबाट युवराज खतिवडा अर्थमन्त्री बनेका छन् । पूर्वगर्भनर तथा योजना आयोगका उपाध्यक्ष समेत रहेका खतिवडालाई राष्ट्रियसभा सदस्य समेत मनोनित गरिएको छ । एमालेबाट महासचिव ईश्वर पोखरेल रक्षामन्त्री बनेका छन् ।

माओवादी नेता रामबहादुर थापा बादल गृहमन्त्री बनेका छन् । पूर्वरक्षामन्त्री समेत रहेका बादल माओवादीका वरिष्ठ नेता हुन् र सरकारमा पार्टीको नेतृत्व उनले नै गर्नेछन् । माओवादीबाट मात्रिका यादव उदधोग मन्त्री बनेका छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !