८ बैशाख २०८१, शनिबार

माधव नेपाल देउवाको शरणमा बूढानीलकण्ठ, के भयो कुराकानी ?


शेरबहादुर देउवा र माधव नेपाल फाइल फोटो

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्न देउवा निवास बूढानीलकण्ठ पुगेका छन् ।

एमालेमा समानान्तर समूह संचालन गर्दै आएका नेपाल अध्यक्ष केपी शर्मा ओलीले देउवालाई भेटेको भोलिपल्टै नेपाल पनि बूढानीलकण्ठ पुग्नुलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

नेता नेपाल आफ्नै खुट्टामा बन्चरो हान्दै आज साँझ देउवाको शरणमा बुढानिलकण्ठ पुगेका हुन् । यसअघि देउवा, नेपाल र माओवादी अध्यक्ष प्रचण्ड तथा जसपा अध्यक्ष उपेन्द्र यादवबीच मंगलबार र बुधवार छलफल भएको थियो ।

बाग्मती प्रदेशको रिक्त राष्ट्रियसभा उपचुनावमा गठबन्धन गरेर अघि बढ्ने तयारीमा रहेका कांग्रेस सभापति देउवा र एमाले नेता नेपालबीच छलफल भइरहेको देउवाको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री ओलीको पछिल्लो रणनीति असफल बनाउन नेपाल र देउवाबीच छलफल भइरहेको स्रोतले जनाएको छ ।

नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणका अनुसार देउवा र नेपालबीच सैद्धान्तिक विषयमा छलफल भएको बताएका छन् । प्रधानमन्त्री ओलीले बैशाख २७ गते विश्वासको मत लिन लागेका बेला त्यसलाई असफल बनाउन थप रणनीतिक विषयमा उनीहरुबीच गहन छलफल भएको बुझिएको छ ।

अस्ति मंगलबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका नेपालले विहीबार देउवासँग छलफल गरेका हुन् । प्रचण्ड र यादवले ओलीका थप प्रतिगामी कदम रोक्न देउवासँग वार्ता गर्न सुझाएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते सोमबार दिउँसो १ बजेका लागि संसद्‍को विशेष अधिवेशन आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि राष्ट्रपतिले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् ।

‘विनाश काले विपरीत बुद्धि’ भनेझै अहिले नेकपा एमालेका नेताहरुले ‘आफ्नै घरमा आगो लगाएर’ खरानी बनाई अरुको घरमा भीख माग्दै हिडेका छन् । व्यक्तिगत शक्ति संघर्ष र सत्ता मोहको जालमा फसेर यिनीहरुले एमालेको विनाशको बाटोतिर लागिरहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !