८ बैशाख २०८१, शनिबार

बादल गृहमन्त्री बन्ने


badal

१४ फागुन काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा रामबहादुर थापा ‘बादल’ गृहमन्त्री बन्ने पक्का भएको छ ।

यस अघि उनी २०६५ मा प्रचण्ड नेतृत्वको सरकारमा रक्षा मन्त्री भएका थिए । साँझ ४ बजे सपथ खुवाउने गरी आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी छ ।
यसअघि गृहमन्त्रीमा वर्षमान पुन ‘अनन्त’ले पनि दावी गरेका थिए तर उनलाई रोक्दै गृहमन्त्रालय हात पार्न बादल सफल भएका छन् ।

बादल माओवादीमा तेस्रो वरियताका नेता हुन् । उनी प्रचण्ड नेतृत्वको पहिलो सरकारमा रक्षामन्त्री थिए । बादलले गृहमन्त्रालय पाउने भएपछि वर्षमान पुनलाई अर्को शक्तिशाली मन्त्रालय दिने तयारी छ । तर कुन मन्त्रालय दिने भनेर अझै टुंगो लागेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !