७ बैशाख २०८१, शुक्रबार

यदि तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज : रामकुमारी झाँक्री


रामकुमारी झाँक्री, केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई डुबाउने बताएकी छन्। ओलीले माधवकुमार नेपाल-झलनाथ खनाल समूहका सांसदलाई कारवाही गर्ने तयारी गरेपछि झाँक्रीले यस्तो बताएकी हुन्।

नेपाल-खनाल समूहका सबै सांसदले पदबाट राजीनामा दिने तयारी गरेका छन्। झाँक्रीले सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै भनेकी छन्, “हामी त डुब्छौ नै। हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ। यदी तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज। विचार गर, दम्भ, अहङ्कार र जिद्दी छोड।हिन्दीमा एउटा कहावत छ: हम तो डूबेंगे ही सनम्, आपको भी ले डूबेंगे… अगर डुब्नें से बच्ना है तो किनारा ढुढों।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !