११ बैशाख २०८१, मंगलबार

नेपाली मोडेलको समाजवाद स्थापनाको बाटोमा लामवद्ध हुनु अहिलेको आवश्यकता हो : प्रचण्ड


प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान संविधानले निर्देश गरेको नेपाली मोडेलको समाजवाद स्थापनाको बाटोमा लामवद्ध हुनु अहिलेको आवश्यकता भएको बताएका छन् ।

कार्ल मार्क्सको २०३ औं जन्मदिनका अवसरमा संसारभरका सम्पूर्ण वामपन्थी सर्वहारावादी कम्युनिष्ट क्रान्तिकारीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दै उनले माक्र्सले आविष्कार गरेको वैज्ञानिक समाजवादको वा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको अनुसन्धान विश्व मानव समुदायका लागि गतिलो वैचारिक हतियार बनेको कुरा सिद्ध भइसकेको बताएका हुन् ।

उनले मार्क्सले प्रतिपादन गरेको मार्क्सवादभन्दा अगाडि शासक वर्गलाई श्रमजीवीमाथि शासन गर्ने अधिकार प्राप्त भएकोले श्रमजीवि वर्ग शासित हुन बाध्य हुन्छ भन्ने मान्यता स्थापित थियो भन्दै मार्क्सवादको आविष्कारपछि इतिहासमा पहिलोपटक वैचारिक रूपले विद्रोह गर्नु श्रमजीवी जनताको अधिकार हो भन्ने मान्यता स्थापित भएको उल्लेख गरेका छन् ।

मानव समाजले सृष्टि गरेका कुनै पनि सकारात्मक उपलब्धीको प्रमुख हकदार भनेको श्रमजीवी वर्गको हो भन्ने मान्यता मार्क्सले अगाडि सारेको स्मरण गर्दै उनले नेपाली भूमिमा मार्क्सवादलाई लागू गर्ने र त्यसलाई विकास गर्ने सन्दर्भमा धेरै संघर्षहरु भएका बताएका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान सोही संघर्षको एक उपलब्धीका रुपमा लिन सकिने बताउदै उनले सबै प्रकारका प्रतिगामी प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्दै समाजवादको बाटोमा अग्रसर हुन प्रतिगमन विरोधी सम्पूर्ण शक्तिहरुलाई ऐक्यवद्धताका लागि आव्हान गर्दै कार्ल माक्र्सको वैज्ञानिक शिक्षाप्रति इमान्दार र निष्ठावान बन्न सकिने उल्लेख गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !