माओवादी केन्द्रले आज सरकारलाई दिएको समर्थन फिर्ताको पत्र बुझाउँदै Nepalpatra माओवादी केन्द्रले आज सरकारलाई दिएको समर्थन फिर्ताको पत्र बुझाउँदै
२८ बैशाख २०७८, मंगलबार

माओवादी केन्द्रले आज सरकारलाई दिएको समर्थन फिर्ताको पत्र बुझाउँदै


नेकपा माओवादी केन्द्र पार्टी कार्यालय पेरिसडाँडामा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको सर्मथन फिर्ता लिएको पत्र आज संसद सचिवालयमा बुझाउने भएको छ । हिजो मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेअनुसार आज समर्थन फिर्ताको पत्र बुझाउन लागिएको हो ।

माओवादी केन्द्रका प्रमुख सेचतक देव गुरुङले १२ बजे सचिवालयमा गएर सर्मथनको पत्र दर्ता गर्न लागेको जानकारी दिए । माओवादी केन्द्रले सर्मथन र्फिता लिएसँगै नेतृत्वको वर्तमान सरकार अल्पमतमा परेको छ । माओवादी केन्द्रका प्रतिनिधिसभामा ५० जना सांसदहरु रहेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते सोमबार दिउँसो १ बजेका लागि संसद्‍को विशेष अधिवेशन आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि राष्ट्रपतिबाट प्रतिनिधिसभाको अधिवेशन आह्वान भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !