७ बैशाख २०८१, शुक्रबार

राष्ट्रपति भण्डारीद्वारा संवैधानिक परिषद्सहित ७ अध्यादेश एकैदिन जारी


विद्यादेवी भण्डारी फाइल फोटो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एकैदिन ७ वटा अध्यादेश जारी गरेकी छिन् । उनले सरकारको सिफारिसमा विवादित संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पनि दोस्रो पटक जारी गरेकी हुन् ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेशहरू जारी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

आज जारी गरिएका अध्यादेशहरुमा यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८, औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७८, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ रहेका छन् ।

राष्ट्रपतिद्वारा एकैदिन ७ अध्यादेश जारी : विवादित संवैधानिक परिषद्सम्बन्धी अध्यादेश दोस्रो पटक


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !