१३ बैशाख २०८१, बिहिबार

सरकार विस्तारको टुङ्गो लगाउन प्रधानमन्त्री ओली र प्रचण्डवीच आज भेटवार्ता


प्रचण्ड र ओली

१३ फागुन, काठमाण्डौ । सरकार विस्तारको टुङ्गो लगाउन प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच छलफल हुने भएको छ ।

प्रधानमन्त्री ओली र  ‘प्रचण्ड’वीच साँझ हुने भेटमा मन्त्रालयको भागबन्डा टुंगिने बालुवाटार स्रोतले बताए ।  ‘बाहिर आएजस्तो दुई पार्टीवीच मन्त्रालय भागबन्डा टुंगिएको थिएन, भागबन्डा टुंग्याउन दुई अध्यक्षबीच साँझ कुरा हुन्छ,’ स्रोतले भन्यो ।

मन्त्रालयको भागबन्डा नटुंगिएकाले आज मन्त्रिमण्डल विस्तार हुने सम्भावना कम छ । सरकारले प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय बनाउने निर्णय गरेको छ । तीमध्ये एमालेले १० र माओवादीले ७ मन्त्रालय पाउने मोटामोटी समझदारी भए पनि भागबन्डाको अन्तिम टुंगो नलागेको दुबै दलका नेताहरुले बताएका छन् ।

मन्त्रालयको संख्यामात्र होइन कुन पार्टीले कुन/कुन मन्त्रालय पाउने भन्ने पनि टुंगिन बाँकी रहेको एक माओवादी नेताले सेतोपाटीलाई बताए । उनका अनुसार १० र ७ मन्त्रालयमध्ये महत्वपूर्ण मन्त्रालयको भागबन्डा टुंगिन बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !