१३ बैशाख २०८१, बिहिबार

ओलीले गण्डकी र सुदूरपश्चिमका प्रमुखलाई हटाएपछि थापाले गरे यतिसम्मको ‘गाली’


कमल थापा फाइल फोटो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक स्वार्थ र दाउपेचमा प्रयोग गर्ने उदेश्य राखि प्रदेशप्रमुख जस्तो गरीमामय संवैधानिक पदमा रहेका व्यक्तिलाई जतिबेला मनलाग्यो हटाउने र राख्ने सरकारको काम गलत र संविधानको भावना विपरित रहेको आरोप लगाएका छन्।

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकीका प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मिलाकुमारी पन्तलाई पदमुक्त गरी नेपालको संविधानको धारा १६७ बमोजिम सीताकुमारी पौडेल, र सुदूरपश्चिममा गङ्गाप्रसाद यादवलाई नियुक्त गरेपछि थापाले आपत्ति जनाएका हुन्।

थापाले यो कार्य स्वेच्छाचारी र सर्वसत्तावादको द्योतक रहेको भन्दै यस्तो काम गर्नुभन्दा संघियता खारेज गर्नु राम्रो रहेको बताएका छन्। उनले सामाजिक संजालमा एक स्टाटस लेख्दै भनेका छन्, “राजनीतिक स्वार्थ र दाउपेचमा प्रयोगगर्ने उदेश्य राखि प्रदेशप्रमुख जस्तो गरीमामय संवैधानिक पदमा रहेका व्यक्तिलाई जतिबेला मनलाग्यो हटाउने र राख्ने सरकारको काम गलत र संविधानको भावना विपरित छ।यो कार्य स्वेच्छाचारी र सर्वसत्तावादको द्योतक हो।यस्तो काम गर्नुभन्दा संघियता खारेजगर्नु बेस।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !