४ बैशाख २०८१, मंगलबार

मन्त्रिपरिषद् बैठकको निर्णय : गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त


मन्त्रिपरिषद् बैठक फाइल फोटो

काठमाडौं । नेपाल सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन लगतै बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

बालुवाटार स्रोतका अनुसार गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरिएको हो । उनीहरू दुवैजना माओवादी केन्द्रनिकट मानिन्छन् ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई नियुक्त गर्न सिफारिस गरेको छ । नवनियुक्त प्रदेश प्रमुखको केहीबेरमा राष्ट्रपति भवन शीतल निवासमा सपथ ग्रहणको कार्यक्रम राखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !