७ बैशाख २०८१, शुक्रबार

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले गरे मन्त्रिमण्डल विस्तार : दुई मन्त्रीले लिए शपथ


दुई मन्त्रीले लिए शपथ

बुटवल । अन्तत: बिभिन्न उतारचढावका बाबजुद पुन: नियुक्त भएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सपथ लिएका छन् । आज बिहान मात्रै मुख्यमन्त्री पदबाट राजीनामा दिएका पोखरेल संविधानको धारा १६८ (१) बमोजिम पुन: मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीको कार्यालय नै पुगेर पुन: नियुक्त भएका मुख्यमन्त्री पोखरेललाई आज राति ८ बजे पद तथा गोपनीयताको सपथ सपथग्रहण गराएका हुन् । यस अघि आफूविरुद्ध अविश्वासको प्रस्ताव पेश हुने भएपछि पोखरेलले पदबाट राजीनामा दिएका थिए ।

मुख्यमन्त्री शंकर पोखरेलले शपथ लिए लगत्तै लुम्बिनी प्रदेशका २ जना मन्त्रीले पनि शपथग्रहण गरेका छन् । मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले बैजनाथ चौधरीलाई आर्थिक मामिला तथा योजना मन्त्री र हरी रिजाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !