६ बैशाख २०८१, बिहिबार

अख्तियारलाई सर्वोच्चको कारण देखाउ आदेश : दीप बस्न्यातलाई थुनामा किन राखेको ?


दीप बस्न्यात

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्‍धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातको मुद्दालाई लिएर सरकारका दुई संवैधानिक निकायवीच टकराव सिर्जना भएको छ ।

सर्वोच्च अदालतकी न्यायाधीश मिरा खड्काको इजलासले अख्तियार दुरुपयोग अनुसन्‍धान आयोगलाई दीप बस्न्यातलाई थुनामा राख्नुको कारण देखाउ आदेश जारी गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख दीप बस्न्यातले बालुवाटार जग्गा प्रकरणमा आफूविरुद्ध विशेष अदालतले गलत आदेश दिएको भन्दै सर्वोच्चमा अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्दै थुनामुक्त गरिपाउँ भन्दै रिट दायर गरेका हुन् ।

बस्न्यातले भौतिक पूर्वाधार सचिव हुँदा बालुटारको सरकारी जग्गा व्यक्तिको नाममा बनाउन फाइल अघि बढाएकोमा अख्तियारले उनीविरुद्ध भ्रष्टाचार भएको दाबीसहित उनीविरुद्ध मुद्दा दायर गरेको थियो । विशेष अदालतले बस्न्यातलाई गत वर्षको मंसिरमा थुनामा राखेर सुनुवाइ गर्न आदेश दिएको थियो ।

विशेष अदालतले ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा गरेको अभियोगमा बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि उनलाई आइतबार नै डिल्लीबजार कारागार पठाइएको थियो ।

अख्तियारले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा ४ जना मन्त्री र ३ जना पूर्वसचिवसहित ११० जनाविरुद्ध २०७६ माघ २२ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

यो पनि पढ्नुहोस्

अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात पुर्पक्षका लागि थुनामा

ललितानिवास जग्गा प्रकरणः दोषी जोगाउन मन्त्रीबाटै चलखेल

ललिता निवास प्रकरणमा यसकारण जोगिए पूर्वप्रधानमन्त्री नेपाल र डा. भट्टराईसहित ९ जना

ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध मुद्दा नलगाउनुको कारण माग !

बहुचर्चित ललिता निवास प्रकरण : काँग्रेसका उपसभापति गच्छदारको सम्पत्ति रोक्का

ललिता निवास प्रकरणः ‘भूमाफिया’लाई न्यायाधीशको लिफ्ट

सीआईबीमै अड्कियो ललिता निवासको छानबिन

ललिता निवास जग्गा प्रकरण : प्रमुख प्रतिपक्षीबाट अवरोध


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !