१३ बैशाख २०८१, बिहिबार

बिमला वली माओवादीमा प्रवेश गरेपछि मुख्यमन्त्री बन्ने पोखरेलको सपना अधुरै, नयाँ मुख्यमन्त्री को ?


बिमला वली फाइल फोटो

काठमाडौं । लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । एमालेकी सांसद वली आजै माओवादीमा प्रवेश गरेकी हुन् ।

सांसद वली माओवादी केन्द्रमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ । आइतबार मात्रै मुख्यमन्त्रीबाट राजीनामा दिएर एकल बहुमतको सरकार गठनमा पोखरेल लागेका छन् । दाङ ३ (ख) बाट निर्वाचित वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् ।

८१ सदस्यीयमध्ये सत्तारूढ एमालेसँग ४० सांसद मात्र छन् । संविधानको धारा १६८(१) अनुसार बहुमतको सरकार बनाउन ४१ सांसद चाहिन्छ । प्रदेश सभामा नेपाली काँग्रेसका १९, माओवादी केन्द्र सभामुखसहित १८, जसपाका दुई र राष्ट्रिय जनमोर्चासँग एक सांसद थिए ।

वलीको वक्तव्य


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !