१३ बैशाख २०८१, बिहिबार

पोखरेलको नेतृत्वमा बहुमतको सरकार बनाउने लुम्बिनी एमाले संसदीय दलको निर्णय


शंकर पोखरेल

बुटवल । नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठकले संसदीय दलका नेता शंकर पोखरेलको नेतृत्वमा बहुमतको सरकार बनाउने निर्णय गरेको छ । आज आइतबार बिहान बसेको संसदीय दलको बैठकले आजै मुख्यमन्त्रीबाट राजीनामा दिएका पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको हो ।

पोखरेलले आजै मुख्यमन्त्रीको सपथ लिन सक्ने सम्भावना रहेको स्रोतले बताएको छ । ‘फ्लोर क्रस’ को चिन्ताले त्रासमा परेका मुख्यमन्त्री पोखरेलले आफू झन् सुरक्षित हुन राजीनामा दिएका थिए । प्रदेशसभाको अहिलेको सांसद संख्याले पोखरेललाई विश्वासको मत लिन आफू भित्रकै सांसदहरु चुनौती बन्न सक्ने देखिएको थियो ।

पोखरेल आफूविरुद्ध हुन सक्ने सम्भावित फ्लोर क्रस रोक्ने कसरतमा छन् भने अविश्वासको प्रस्ताव दर्ता गरेका दलहरु भने फ्लोर क्रसको माहोल निर्माण गर्न नेपाल-खनाल समूहका सांसदहरुलाई फकाउन सक्रिय भएका थिए ।

आफू विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाका ३ जना सांसदलाई हतारमा मन्त्री बनाएर सुरक्षित बन्न खोजेका मुख्यमन्त्री पोखरेल आफ्नै पार्टी भित्रका सांसदहरुदेखि शशंकित भएका थिए ।

प्रदेशसभाको अंकगणितको हेर्ने हो भने यो प्रदेशको सत्ता परिवर्तनको एक मात्रै विकल्प भनेकै फ्लोर क्रस हो । एमाले भित्र फुलोर क्रस नभए वर्तमान सरकारले निरन्तरता पाउने छ । जसपाका चार सांसद निलम्बनमा परेपछि सत्ता समीकरणका लागि नेपाल-खनाल समूहका सांसद निर्णायक मानिएका छन् ।

माओवादीबाट एमाले प्रवेश गरेका २ जना र जसपाका ४ जना सांसद कारवाहीमा परेपछि प्रदेशसभा अहिले ८१ सदस्यीय छ । मुख्यमन्त्री पोखरेललाई विश्वासको मत जित्नका लागि ४१ सांसद चाहिन्छ ।

एमालेका कुल सांसद संख्या पनि ४१ नै हो । एमाले भित्रकै मत सुरक्षित हुन सके पोखरेलले आँफूभित्रबाटै मुख्यमन्त्री पदमा सुरक्षित हुने निश्चित नै छ । संसदीय दलको बैठकमा एमालेको माधव नेपाल समूहका विष्णु पन्थी र रमा घर्ती पनि सहभागी भएका थिए ।

यो पनि पढ्नुहोस्

लुम्बिनीका मुख्यमन्त्री पोखरेलको चतुर्‍याई, अब एमालेको एकल बहुमतको सरकार

मुख्यमन्त्रीको राजीनामापछि सत्ता-समीकरणको खेल उथलपुथल, संसदीय दलको बैठक सुरु

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !