४ बैशाख २०८१, मंगलबार

लुम्बिनीका मुख्यमन्त्री पोखरेलको चतुर्‍याई, अब एमालेको एकल बहुमतको सरकार


मुख्यमन्त्री शंकर पोखरेल

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट एक्कासी राजीनामा दिएका छन् । मुख्यमन्त्री पोखरेलले आइतबार बिहान प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादव समक्ष बुझाएको राजीनामा स्वीकृत भएको छ ।

अर्को सरकार नबन्दासम्म पोखरेललाई नै मुख्यमन्त्रीको कार्यभार सम्हाल्न प्रदेश प्रमुखले जिम्मेवारी तोकेका छन् । मुख्यमन्त्री पोखरेलको राजीनामासँगै लुम्बिनी प्रदेशमा सत्ता-समीकरणको खेल उथलपुथल भएको छ । स्रोतका अनुसार अहिले एमाले संसदीय दलको बैठक बुटवलमा जारी रहेको छ ।

स्रोतका अनुसार आज आइतबार बिहान लुम्बिनी प्रदेश एमाले संसदीय दलको बसेको बैठकमा उनले राजीनामा दिने निर्णय गरेका थिए । आफ्नो सरकारबिरुद्ध पेश अविश्वास प्रस्तावमाथि मतदान हुने अघिल्लो दिन आइतबार बिहान उनले राजीनामा दिएका हुन् ।

दुई दलको सरकार भएकाले अब ठूलो दलको हैसियतमा पुन: मुख्यमन्त्री नियुक्त हुने र एक महिनाभित्र विश्वासको मत लिने उनले बताएका छन् ।मुख्यमन्त्री पोखरेलले एकल बहुमतीय सरकार बनाउने योजनाका साथ मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले विवादमा नपरिकन सत्ता जोगाउने नयाँ चतुर्‍याई अपनाएका छन् । उनले राजीनामा दिएसँगै अविश्वासको प्रस्ताव स्वतः निष्क्रिय भएको छ ।

मुख्यमन्त्री पदबाट राजीनामा दिएका पोखरेलले एकल बहुमतको सरकार गठनमा दाबी गरेका छन् । आफू संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बनेको र अब १६८ को १ अनुसार एकल सरकार गठन हुनुपर्ने उनको दाबी छ ।

यो पनि पढ्नुहोस्

मुख्यमन्त्रीको राजीनामापछि सत्ता-समीकरणको खेल उथलपुथल, संसदीय दलको बैठक सुरु

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु