१३ बैशाख २०८१, बिहिबार

एमालेका नेता योगेश भट्टराईले लेखे भावुक स्टाटस


योगेश भट्टराई

नेकपा एमालेका नेता योगेश भट्टराईले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का बरिष्ठ नेता झलनाथ खनाललाई सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । भट्टराईले एक स्टाटस लेख्दै भनेका छन्, “पुर्ब प्रधानमन्त्री,नेकपा एमालेका बरिस्ठ नेता कमरेड झलनाथ खनाल ज्युको सिघ्र स्वास्थ्य लाभको कामना गर्दैछौ !!”

आज मात्र खनाललाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएर निमोनिया देखिएपछि उनलाई आजै शनिबार साँझदेखि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ ।

पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका खनाललाई कोरोना पुष्टि भएको हो । खनालको स्वास्थ्य अवस्था भने सामान्य रहेको उनी निकट स्रोतले जनाइएको छ ।

अस्पताल स्रोतका अनुसार खनालको स्याचुरेसन प्रतिमिनेट ५ लिटर अक्सिजन दिँदा सामान्य अवस्थामा रहेको छ । खनाललाई पनि पूर्वराजा ज्ञानेन्द्र शाहसँगै भीभीआईपी वार्ड भर्ना गरेर राखिएको अस्पताल स्रोतले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !