८ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री ओलीको घोषणा : श्रमिकको न्यूनतम् पारिश्रमिक १५ हजार पुर्‍याइने


प्रधानमन्त्री ओलीले बालुवाटारमा बालबालिकाहरुसँग गरेको अन्तर्क्रिया

काठमाडौँ । नेपाल सरकारले श्रमिकहरूको न्यूनतम् पारिश्रमिक वृद्धि गर्दै १५ हजार पुर्‍याउने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शनिबार सम्बोधन गर्दै आगामी आर्थिक वर्ष २०७८/७९ देखि लागू हुनेगरी श्रमिकको न्यूनतम् पारिश्रमिक वृद्धि गर्ने घोषणा गरेका हुन् ।

प्रधानमन्त्री ओलीका अनुसार आगामी आर्थिक वर्षदेखि श्रमिकको न्यूनतम् पारिश्रमिक मासिक १५ हजार रुपैयाँ हुनेछ । हाल श्रमिकहरूको न्यूनतम् पारिश्रमिक मासिक १३ हजाार ४५० तोकिएको छ भने दैनिक ५१७ तोकिएको छ । अगामी आर्थिक वर्षदेखि दैनिक ज्याला ५७७ कायम गरिने प्रधानमन्त्री ओलीले जानकारी दिए।

गत वर्ष श्रमिकहरूको न्यूनतम् पारिश्रमिक पुनरावलोकन गर्नुपर्ने भए पनि सरकारले न्यूनतम् पारिश्रमिक पुनरावलोकन गर्न सकेको थिएन । अघिल्लो वर्ष कोभिड महामारीको विषम परिस्थितिका कारण श्रमिकहरुको न्यूनतम् पारिश्रमिक पुनरावलोकन गर्न नसकिएको प्रधानमन्त्री ओलीले बताएका छन् ।

यस वर्ष पनि श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन हुन नसकेको भन्दै आगामी आर्थिक वर्षबाट लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने प्रधानमन्त्री ओलीले घोषणा गरे ।

प्रधानमन्त्री ओलीले औपचारिक तथा अनौपचारिक क्षेत्रका सबै श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा समेट्न सरकार प्रतिवद्ध समेत रहेको बताएका छन् । वैदेशिक रोजगारीमा रहेकाहरूका लागि अनलाइन श्रम स्वीकृति लागू गरिएको उनले बताए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !