गण्डकीमा खेलकुदमन्त्रीको उपहार पाएका दीपक मनाङ्गेले लिए सपथ Nepalpatra गण्डकीमा खेलकुदमन्त्रीको उपहार पाएका दीपक मनाङ्गेले लिए सपथ
३० बैशाख २०७८, बिहिबार

गण्डकीमा खेलकुदमन्त्रीको उपहार पाएका दीपक मनाङ्गेले लिए सपथ


दीपक मनाङ्गे

काठमाडौं । गण्डकी प्रदेशमा युवा तथा खेलकुद मन्त्री नियुक्त भएका स्वतन्त्र सांसद दीपक मनाङ्गे (राजीव गुरुङ) ले सपथग्रहण गरेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा प्रदेश प्रमुख अमिक शेरचनले मनाङ्गेलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।

सरकारविरुद्ध अविश्वास प्रस्ताव संसदमा पुगेका बेला मुख्यमन्त्रीले मन्त्री थपेका हुन् । संसदमा दर्ता भएको अविश्वास प्रस्तावमाथि बुधबार मतदानको कार्यक्रममा मनाङे अनुपस्थित भएर मुख्यमन्त्री गुरुङको पद तत्कालको लागि जोगाउन सहयोग गरेकोले उनले खेलकुदमन्त्रीको उपहार पाएका हुन् ।

हिजो संसदमा अविश्वास प्रस्तावमाथि मतदान गर्ने कार्यक्रम भएपनि दुई सांसदको अनुपस्थिति हुँदा स्थगित भएको थियो । सपथग्रहण कार्यक्रममा सभामुख र अन्य दलका मुख्य नेताहरु भने उपस्थित भएनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !