११ बैशाख २०८१, मंगलबार

गण्डकीका जनमोर्चा सांसद खिमबिक्रम शाहीको रातारात कसले फेर्यो कोरोनाको रिपोर्ट ?


खिमबिक्रम शाहीको कोरोनाको रिपोर्ट

काठमाडौँ । गण्डकी प्रदेशसभाका ३ जना सांसदमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । हिजो नेगेटिभ भेटिएका जनमोर्चा साँसद खिमबिक्रम शाही आज पोजिटिभ रिपोर्ट लिएर एक्कासी अस्पतालको आइसियु भर्ना हुनुमा भने गम्भीर रहस्य लुकेको छ ।

नेपालका अस्पतालहरु कि पैसा कि त राजनीतिमा बिक्दा रहेछन् र स्वास्थ्यजस्तो सँवेदनशील विषयमा कतिसम्म खेलाँची हुने गर्छ भन्ने कुराको यो यौटा ज्वलन्त नमूना हो, जसका दोषीहरुको अविलम्ब किटानी हुनु सबैका हकमा जरुरी देखिन्छ ।
यस्तो छ खिमबिक्रम शाहीको कोरोनाको नेगेटिभ रिपोर्ट
खिमबिक्रम शाहीको कोरोनाको नेगेटिभ रिपोर्ट
“नेपालका अस्पतालहरु कि पैसा कि त राजनीतिमा बिक्दा रहेछन् र स्वास्थ्यजस्तो सँवेदनशील विषयमा कतिसम्म खेलाँची हुने गर्छ भन्ने कुराको यो यौटा ज्वलन्त नमूना हो, जसका दोषीहरुको किटानी हुनु जरुरी देखिन्छ ।”

प्रदेशतर्फ एमालेका राजीव पहारी र प्रभा कोइराला तथा काङ्ग्रेसकी मनकुमारी गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको थियो । यसैबीच मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकारविरुद्ध प्रस्तुत अविश्वास प्रस्ताव मतदान हुनुअगावै आज प्रदेश सभा बैठक अनिश्चितकालको लागि स्थगित भएपछि अलपत्र परेको छ ।
यस्तो छ खिमबिक्रम शाहीको कोरोनाको पोजेटिभ रिपोर्ट
खिमबिक्रम शाहीको कोरोनाको पोजेटिभ रिपोर्ट
सरकार तत्काललाई जोगिएको छ । सँसद बोकाको टाउको देखाएर बाख्राको मासु बेच्ने थलो हो भन्दै आएको मोहनबिक्रम सिंह निकट जनमोर्चा पनि एमाले (कर्णाली), माओवादी (संघ) र जसपा (लुम्बिनी) पछि साँसद खरिद बिक्रीको शिकार भएको छ । यो समाचार जनआस्था साप्ताहिकको अनलाइन संस्करणवाट साभार गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !