८ बैशाख २०८१, शनिबार

जनमोर्चाका सांसद सम्पर्कविहीन भएपछि गण्डकीमा चिहिलबिहिल


पृथ्वीसुब्बा गुरुङ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान सुरु भएको छ । राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्य अनुपस्थित भएपछि प्रदेशसभामा चिहिलबिहिल भएको छ ।

प्रदेशसभाको बहुमतमा निर्णायक बनेको राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्य खिमबिक्रम शाही सम्पर्कविहीन भएका छन् । स्रोतका अनुसार अविश्वास प्रस्तावको पक्षमा मत दिने निर्णय गरेको जनमोर्चाका शाही अनुपस्थित भए अविश्वासको प्रस्ताव फेल हुन सक्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !