८ बैशाख २०८१, शनिबार

कर्णालीमा फ्लोर क्रस गरेर मन्त्री बनेका ३ जनाको पुन: सपथ


कर्णालीमा फ्लोर क्रस गरेर मन्त्री बनेका ३ जनाको पुन: सपथ

सुर्खेत । कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार ढल्नवाट जोगाइ दिएर उपहार पाएका ३ जना मन्त्रीले पुन: सपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरू नन्दसिङ बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

एमालेवाट निष्काशन भएका बुढा उद्योग, पर्यटन, वन तथा वातावरण, थापा भौतिक पूर्वाधार विकास र कुर्मराज शाही भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री नियुक्त गरिएको हो । पार्टीले निष्कासन गरेपछि उनीहरूलाई स्वतन्त्रको हैसियतमा सपथ गराइएको हो ।

यसअघि एमाले सांसदको हैसियतमा सपथ खाएका उनीहरूलाई फ्लोर क्रस गरेको आरोपमा एमालेले यी ३ जना मन्त्रीसहित ४ जनालाई सांसदबाट पदमुक्त गरिसकेको छ ।

नेकपा एमाले कर्णाली प्रदेश कमिटीको वैठकले पार्टीका ह्वीप उल्लंघन गर्दै ‘फ्लोर क्रस’ गरेर माओवादी नेतृत्वमा रहेको कर्णाली प्रदेश सरकारको पक्षमा मतदान गर्ने ३ जना सांसदलाई पार्टीबाट निष्काशित गर्दै साधारण सदस्य समेत नरहने गरी प्रेस व्यक्तव्य जारी गरेर कारवाही गरेको थियो ।

साथै नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशसभामा एमाले संसदीय दलको ह्वीप उल्लंघन गर्ने ४ जना सांसदलाई पार्टी सदस्य र सांसद पद नरहने गरी कारबाही गर्ने निर्णय गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !