७ बैशाख २०८१, शुक्रबार

मन्त्रिपरिषद् विस्तार : तीन मन्त्री र एक राज्यमन्त्री थपिए


डोरमणि पौडेल

हेटौंडा । मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले दिएको जानकारी अनुसार मुख्यमन्त्री पौडेलले ३ मन्त्री र ७ जना राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

स्रोतका अनुसार वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानून मन्त्री, सुरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्री र डा. रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीका लागि सिफारिश गरेका छन् ।

तत्कालीन नेकपाको प्रचण्ड-माधव समुहका तीन मन्त्रीले राजीनामा दिएपछि वागमती प्रदेशमा हाल मुख्यमन्त्रीसहित एमालेका ३ जना मन्त्री छन् । पुराना मन्त्रीहरुलाई हटाएर नयाँ ल्याउन खोजिएपनि बजेट आउन लागेको भन्दै खाली रहेका ठाउँमा नयाँ मन्त्री नियुक्त गरिएको हो ।

मुख्यमन्त्री पौडेलले पछिल्लो राजनीतिक घटनाक्रमका कारण पार्टीभित्र उत्पन्न तीब्र विरोधकाका बाबजुद मन्त्रिपरिषद् विस्तार गरेका हुन् । यसअघि मन्त्रिपरिषद्मा प्रधानमन्त्री ओली समूहको नेकपा एमालेका सांसदहरु मात्र रहेका छन् ।

गत पुस ५ गते मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएकै दिन आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेल, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अरुणकुमार नेपाल र समाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा दिएसँगै तीन वटै मन्त्रालयको कार्यभार मुख्यमन्त्री पौडेलले नै सम्हाल्दै आएका थिए ।

स्रोतका अनुसार थपिएका मन्त्रीहरुको शपथ बुधबार दिउँसो ४ बजेका लागि तोकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !