१२ बैशाख २०८१, बुधबार

कांग्रेसका नेता र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि केन्द्रीय समिति बैठक स्थगित


नेपाली कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेतामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएपछि केन्द्रीय समिति बैठक स्थगित भएको छ । केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै केन्द्रीय कार्यालयका कर्मचारी, नेताहरुको पीएसओ, चालक लगायतमा कोरोना संक्रमण पुष्टि भएपछि कांग्रेसले केन्द्रीय समितिको बैठक स्थगित भएको हो ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक हिजो सोमबारलाई बोलाइएको बैठक नेताहरुको पीसीआर परीक्षण गर्नुपर्ने भएकाले स्थगित गरिएको थियो । आज बस्ने बैठकमा १४ औं महाधिवेशन प्रभावित हुन सक्ने आंकलनका बारेमा छलफल हुने कार्यतालिका रहेको थियो ।

आइतबार बसेको काँग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा १४ औं महाधिवेशनलाई प्रमुख एजेण्डा बनाएर केन्द्रीय समितिमा छलफल गर्ने सहमति भएको थियो । कांग्रेसले केन्द्रदेखि प्रदेशसम्म नेकपा एमाले नेतृत्वको सरकार विस्थापनका लागि अग्रसरता लिएको छ ।

पछिल्लो राजनीतिक अवस्था र आसन्न १४ औं महाधिवेशनको तयारीका विषयमा छलफल गर्न कांग्रेसले बुधबार केन्द्रीय समितिको बैठक बोलाएको थियो ।बैठकअघि कांग्रेसले नेताहरुको पीसीआर परीक्षण अनिवार्य गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !