१२ बैशाख २०८१, बुधबार

मन्त्रिपरिषद्को निर्णय : आन्तरिक हवाइ उडान तत्काल बन्द नगर्ने


मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठक सकिएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठक कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसलाई केहि परिमार्जन गरेर पारित गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमण बढ्दै गएपनि आन्तरिक हवाइ उडान तत्काल बन्द नगर्ने निर्णय गरेको छ । आन्तरिक उडान र अन्तर्राष्ट्रिय सीमा नाका व्यवस्थित गर्ने निर्णय भएको छ ।

मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्दै आन्तरिक उडान सुचारु राख्ने निर्णय गरेको हो । देशभर सबै ठाउँमा लकडाउन नहुने स्थितिमा कतिपय जिल्लाबाट आवतजावत गर्न नागरिकलाई सहज हुने विश्लेषणका साथ हवाइ उडानमा कडाइका साथ स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्ने निर्णय भएको उनको भनाइ छ ।

तर हवाइ यात्रुहरूमा स्वास्थ्य प्रोटोकल कडाइ पूर्वक पालना गर्नुपर्ने छ भने सोको निगरानी सम्बन्धित निकायले गर्नेछ । नेपाल ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने क्रम रोक्ने, विदेशबाट आउनेलाई १४ दिन क्वारेन्टाइनमा राख्ने पनि निर्णय भएको छ ।

बैठकले सीसीएमसीले बैशाख १५ गतेदेखि आन्तरिक हवाई उडान रोक्न सिफारिस गरे तापनि १६ गते विहान ६ बजेसम्म सञ्चालन हुन दिने निर्णय गरेको छ । त्यस्तै सीसीएमसीले पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० सक्रिय संक्रमितको संख्या नाघेमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी स्थानीय प्रशासनलाई दिन गरिएको सिफारिस पनि बैठकले पारित गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !