१२ बैशाख २०८१, बुधबार

माधव नेपाल समूहमाथि कारबाही रोक्न सर्वोच्च अदालतले दिएन अन्तरिम आदेश


सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेका नेता माधव कुमार नेपालसमूहले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । नेपाल समूहले आफूहरुमाथि कारबाही रोक्न माग गर्दै दिएको रिटमा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

स्रोतका अनुसार सोमबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले अहिले नै कारबाही भइसकेको अवस्था नदेखिएको भन्दै कारबाही रोक्न भनी माग गरेको अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !