१३ बैशाख २०८१, बिहिबार

यस्तो छ एमाले महाधिवेशन आयोजक समितिका सदस्यको कार्यविभाजन (सूचीसहित)


एमाले महाधिवेशन आयोजक समितिका सदस्यको कार्यविभाजन फाइल फोटो

काठमाडौं । सतारुढ दल नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिका सदस्यको कार्यविभाजन तोकेको छ । आज शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको महाधिवेशन आयोजक समितिको बैठकले २६५ जना नेताहरुलाई विभिन्न जिम्मेवारी दिएको हो ।

माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरूलाई केन्द्रीय कमिटीमा यथावत राखे पनि कुनै जिम्मेवारी दिइएको छैन । यस्तै स्थायी कमिटी सदस्यमा समेटिएका वामदेव गौतमलाई पनि अहिले कुनै जिम्मेवारी दिइएको छैन ।

उनीहरू पार्टीको मूलधारमा फर्किएपछि उपयुक्त जिम्मेवारी दिइने अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । विष्णु पौडेल, शंकर पोखरेल र टोपबहादुर रायमाझी सम्मिलित कार्यदलले दिएको सुझावका आधारमा शुक्रबारको केन्द्रीय कमिटी बैठकले जिम्मेवारी हेरफेर गरेको हो ।

अध्यक्ष केपी शर्मा ओली स्कूल विभाग प्रमुख र महासचिव ईश्वर पोखरेल उपत्यका विशेष कमिटीको इन्चार्ज तोकिएका छन् । त्यस्तै विष्णु पौडेल संगठन विभाग प्रमुख भएका छन् ।

रामबहादुर थापा ‘बादल’ लाई वागमती प्रदेश इन्चार्ज तथा राष्ट्रिय सुरक्षा प्रवर्द्धन विभागको प्रमुखको जिम्मा सुम्पिएको छ ।

यस्तो छ हेर्नुहोस् नेताहरुको कार्यविभाजन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !