४ बैशाख २०८१, मंगलबार

एमालेमा ओलीले गठन गरे १९ सदस्यीय स्थायी कमिटी : बामदेव इन, खनाल-नेपाल समूह आउट


केपी शर्मा ओली

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ स्थायी कमिटी गठन गरेका छन् । स्थायी कमिटीमा वामदेव गौतम इन भएका छन् भने झलनाथ खनाल र माधव नेपाल समूहका नेताहरु आउट भएका छन् ।

बालुवाटारमा जारी महाधिवेशन आयोजक कमिटीको बैठकमा खनाल-नेपाल समूहका नेताहरुलाई हटाएर ओलीले १९ सदस्यीय स्थायी कमिटी गठन गरेका हुन् । बिहीबार मात्रै ओली र बामदेव गौतमबीच बालुवाटारमा भेटवार्ता भएको थियो । तर खाँदै गरेको डिनर छाडेर हिडेका वामदेव स्थायी कमिटी सदस्यमा समेटिएका हुन् ।

स्थायी कमिटीमा केपी ओलीसहित वामदेव गौतम, रामबहादुर थापा, ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ्ग, रघुबीर महासेठ, किरण गुरुङ, केशव बडाल, पुष्पराज कँडेल र मणि थापा गरी १९ जना सदस्य रहेका छन् ।

थप सदस्य पछि थप्ने गरी स्थायी कमिटी घोषणा गरिएको ओली समुहका नेताहरुले बताएका छन् । एमालेको नवौं महाधिवेशनबाट बनेको स्थायी कमिटी गएको २८ फागुनको बैठकमा खारेज गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु