१३ बैशाख २०८१, बिहिबार

पुर्वमाओवादीका सबै नेताले पाए अर्को ठुलो उपहार, नेपाल-खनाल समूह भने रित्तै


केपी ओली, बादल र लेखराज भट्ट

१० वैशाख, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी गठन भएको छ । पार्टीका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी गठन गरेका हुन्।

स्रोतका अनुसार स्थायी कमिटीमा वामदेव गौतम पनि समेटिएको छ । उक्त स्थायी कमिटीमा झलनाथ खनाल र माधवकुमार नेपालतर्फका कुनै पनि नेताहरु समेटिएको छैन ।

स्रोतकाअनुसार स्थायी कमिटीमा केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छबिलाल विश्वकर्मा, पृथ्वी सुब्बा गुरुङ, रघुवीर महासेठ, केशब बडाल र पुष्पराज कँडेल छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !