७ बैशाख २०८१, शुक्रबार

आज साँझ एक्कासी प्रधानमन्त्री ओलीलाई भेट्न बामदेव पुगे बालुवाटार (तस्वीरसहित)


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम र प्रधानमन्त्री केपी शर्मा ओलीवीच भेटघाट भएको छ । गौतमले ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । उक्त भेटघाट भएको तस्वीर पार्टीका प्रमुख सचेतक विशाल भट्टराईले सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई शीर्ष नेताको डिनर मिटिङमा कानूनमन्त्री लीलानाथ श्रेष्ठ र एमाले प्रमुख सचेतक विशाल भट्टराई पनि सहभागी थिए । लामो समयदेखि सम्पर्कविहीन भएका ओली र गौतम आज भने एक्कासी भेटघाट गरेका छन् ।

उक्त भेटको तस्वीर सामाजिक संजाल फेसबुकमा सार्वजनिक गर्दै प्रमुख सचेतक भट्टराईले लेखेका छन्,“प्रधानमन्त्री — बामदेब भेटघाट
कमरेड बामदेब गौतमलाइ मैले सपाट सोधें ”तपाइहरु बीचको सम्बाद सकारात्मक -नकारात्मक जे जस्तो भए पनि तश्वीर सार्वजनिक गर्छु है कमरेड ? ”
सम्माननीय प्रधानमन्त्रीज्यूको निवास वालुवाटारमा प्रमसङको सम्बादपछि उहाँले भन्नुभो ”केपी ओलि देशको प्रधानमन्त्री हो, नेकपा(एमाले) को अध्यक्ष हो तर उहाँसङको मेरो सम्बन्ध पदका कारणले बनेको हैन जमानादेखिको हो र अटुट रहिरहनेछ ।”
अब कमरेड बामदेब गौतमले के गर्नुहोला भन्ने आम जिज्ञासाको जवाफ यसैमा खोज्ने त होला नि !”
आज साँझ एक्कासी प्रधानमन्त्री ओलीलाई भेट्न बामदेव पुगे बालुवाटार


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !