१३ बैशाख २०८१, बिहिबार

राष्ट्रियसभा सदस्यको उपनिर्वाचन जेठ ६ गते हुने


निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले रिक्त रहेको एक पदका लागि जेठ ६ गते निर्वाचन गर्ने भएको छ । मन्त्रिपरिषद्को वैशाख ६ गतेको निर्णयअनुसार निर्वाचन आयोगले बागमती प्रदेश अन्य समूह तर्फबाट रिक्त राष्ट्रियसभा सदस्य पद पदपूर्तिका लागि उपनिर्वाचनको मिति घोषणा गरेको हो ।

राष्ट्रियसभा सदस्य पदमा निर्वाचित रामबहादुर थापाको रिक्त पदमा पूर्ति गर्न ६ जेठमा उप निर्वाचन गर्ने भएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आज एक प्रेस विज्ञप्ति जारी गर्दै ६ जेठमा राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ५ बमोजिम मिति २०७८/०१/०६ को नेपाल सरकारको निर्णयानुसार राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको गर्ने निर्णय भएको बताएका छन् ।

निर्वाचनका लागि बैशाख १० गतेदेखि १४ गतेसम्म कार्यालय समयभित्र आयोगमा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निवेदन दिन सूचना गरिएको विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचन आयोगले आजदेखि उपनिर्वाचन तयारी सम्बन्धी कार्य शुरु गरेको बताएको छ ।

राष्ट्रियसभा सदस्यको उपनिर्वाचन जेठ ६ गते हुने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !