१३ बैशाख २०८१, बिहिबार

होटल मेरियटबाट नवनिर्मित धरहरा दृश्यावलाेकन गर्दै ओली र नेपाल


काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालले काठमाडौँको नागपोखरीस्थित होटल मेरियटबाट नवनिर्मित धरहराको दृष्यावलोकन गरेका छन् ।

पार्टी विभाजनको संघारमा पुगेको एमाले जोगाउन भन्दै छलफल गर्न होटल मेरियट पुगेका प्रधानमन्त्री ओली र नेता नेपालले आज बिहीबार सोही होटेलबाट धरहराको अवलोकन गरेका हुन् ।

देशभरका आम एमालेका नेता-कार्यकता तथा शुभचिन्तकको ध्यान मेरियट होटलतिर केन्द्रित भएको बेलामा वार्ता जारी रहँदा सार्वजनिक भएको एउटा तस्बिरले धेरै एमालेमा आशाको दियो बलेको छ ।

उक्त तस्बिर सार्वजनिक गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मेरियट होटलको भेटघाट कक्षबाट झ्यालबाट नेताद्वयले नवनिर्मित धरहराको दृष्यावलोकन गरिरहेको उल्लेख गरेका छन् ।

नेकपा एमालेको विभाजन रोक्ने प्रयासस्वरूप आज ओली र नेपालबीच भई रहेको ‘वान टु वान’ निर्णायक वार्ताले पार्टी एकता हुन सक्ने संकेत देखिएको नेकपाका नेताहरुले बताएका छन् ।

हिजो बुधवार साँझ पनि सोही होटलमा दुई नेताबीच लामो समयको संवादहीनता तोडेर २ घण्टा ‘वान टु वान’ सकारात्मक वार्ता भएपनि बिनानिष्कर्ष टुंगिएको थियो । अध्यक्ष ओली र नेपालबीच आज हुने छलफलमा एमाले एकताबद्ध रहने वा नरहने तय हुने बताइएको छ ।

होटल मेरियटबाट नवनिर्मित धरहरा दृश्यावलाेकन गर्दै ओली र नेपाल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !