११ बैशाख २०८१, मंगलबार

नेपालसहित १५ नेताको अपिल : हामीलाई एमालेमा बस्न नदिन दाउपेच भयो (पूर्णपाठ)

पार्टी एकताका लागि खनाल-नेपाल समूहको अन्तिम अपिल


केपी ओली, झलनाथ खनाल र माधव नेपाल

काठमाडौँ । सत्तारुढ दल नेकपा (एमाले) का वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसहितका १५ नेताले आफूहरूलाई पार्टीमा रहन नदिन अनेक दाउपेचहरू गरिएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसमा एक सामूहिक अपिल सार्वजनिक गर्दै उनीहरुले पार्टी नेतृत्वको विरोधाभाषपूर्ण निर्णय अहिले पार्टीले भोगिरहेको बताएका हुन् । पार्टी एकताका लागि खनाल-नेपाल समूहको अन्तिम अपिल गरेका हुन् ।

बिहीबार जारी गरिएको अपिलमा आफूहरूले पार्टी एकता जोगाउन चाहे पनि फागुन २८ यता भएका बैठक र निर्णयहरू अवैध रहेकाले ती सबै रद्द गर्नुपर्ने माग गरेका छन् ।

‘२०७५ जेठ २ गते जुन केन्द्रीय कमिटी थियो त्यसको पूर्ण बैठक बसेर अब कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा निर्णय गर्नुपर्छ । यदि त्यसो भयो भने नेकपा (एमाले) को एकता जोगिन्छ ।’ अपिलमा भनिएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विभाजन गरेर कम्युनिष्ट आन्दोलनलाई विसर्जन गर्न सुनियजित ढंगले लागेको सामूहिक अपिलमा उल्लेख छ । उनीहरुले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधान, लोकतन्त्रको मूल्यमान्यताको धज्जी उडाएको बताएका छन् ।

झलनाथ खनाल, माधव कुमार नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण बिष्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने, सुरेन्द्र पाण्डे, रघुजी पन्त, बेदुराम भुसाल, अमृतकुमार बोहरा र प्रमेश हमालले सामूहिक अपिल गरेका हुन् ।

यस्तो छ नेपालसहित १५ नेताको अपिल (पूर्णपाठसहित)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !