४ बैशाख २०८१, मंगलबार

ओली र माधव नेपालबीच भेटवार्ता सुरु, एकता हुन सक्ने संकेत


केपी ओली र माधव नेपाल

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । बिहीबार मेरियट होटलमा दुई नेताबीच भेटवार्ता सुरु भएको हो ।

नेकपा एमालेको विभाजन रोक्ने प्रयासस्वरूप आज ओली र नेपालबीच भई रहेको ‘वान टु वान’ निर्णायक वार्ताले पार्टी एकता हुन सक्ने संकेत देखिएको नेकपाका नेताहरुले बताएका छन् ।

हिजो बुधवार साँझ पनि सोही होटलमा दुई नेताबीच लामो समयको संवादहीनता तोडेर २ घण्टा ‘वान टु वान’ सकारात्मक वार्ता भएपनि बिनानिष्कर्ष टुंगिएको थियो । अध्यक्ष ओली र नेपालबीच आज हुने छलफलमा एमाले एकताबद्ध रहने वा नरहने तय हुने बताइएको छ ।

स्रोतका अनुसार ओली ‘वार कि पार’ भन्ने नीतिमा लागेका छन् । आज ओलीसँग भेट्नुअघि नेता नेपालले आफूनिकट नेतासँग परामर्श गरेका छन् । सो परामर्शमा ओलीसँग भएको छलफल बारेमा आफ्नो समूहका नेताहरुलाई ब्रिफिङ गरेका छन् ।

हिजो छलफलमा ओली र नेपालले आ-आफ्‍ना राजनीतिक विषय राखेर पछिल्‍लो राजनीतिक घटनाक्रम र पार्टीभित्रको विवादबारे छलफल भएको थियो । एमाले फुटेरभन्दा पनि जुटेर जानुपर्ने ओली र नेपाल दुबै सहमति भएका थिए ।

यो पनि पढ्नुहोस्

ओली र नेपालबीच आज पनि ‘वान टु वान’ निर्णायक वार्ता हुँदै

ओलीसँग भएको वार्ताको ब्रिफिङका लागि नेपाल-खनाल समूह आन्तरिक परामर्शमा

ओलीले भने, ‘समूहगत रुपमा कुनै पनि सम्झौता हुँदैन’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु