७ बैशाख २०८१, शुक्रबार

सुरेन्द्र पाण्डेको स्पष्टीकरण : पार्टी पुन: एकताबद्ध नभए दुष्परिणामको भागीदार ओली हुनेछन् (पूर्णपाठ)


सुरेन्द्र पाण्डे फाइल फोटो

काठमाडौँ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीले सोधेको स्पष्टीकरण बुझाएका छन् । उनले ५ बुँदामा ४ पृष्ठ लामो जवाफमा आफू एमालेको नवौं महाधिवेशनको राजनीतिक प्रतिवेदन, पार्टी विधान र नियमावलीविरुद्ध जाने भन्ने प्रश्नै नउठ्ने जवाफ दिएका छन् ।

प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी अनुशासन विपरित गएको भन्दै नेपालसहित २७ संघीय सांसद र ५ जना कर्णाली प्रदेश सभाका सदस्यलाई किन कारबाही नगर्ने भन्दै स्पष्टीकरण पत्र लेखेका थिए ।

नेता पाण्डेले बुझाएको स्पष्टीकरण पत्रमा आफूलाई लगाइएको आरोपहरु निराधार भएको बताएका छन् । बुँदा नम्वर ५ को अन्त्यमा पाण्डेले पार्टी पुन: एकताबद्ध नभए पार्टी अध्यक्ष ओलीको कदमले निम्त्याउने दुष्परिणामको भागीदार उनी नै हुनुपर्ने चेतावनी समेत दिएका छन् ।

यस्तो छ सुरेन्द्र पाण्डेको स्पष्टीकरण (पूर्णपाठसहित)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !