ओलीसँग भएको वार्ताको ब्रिफिङका लागि नेपाल-खनाल समूह आन्तरिक परामर्शमा Nepalpatra ओलीसँग भएको वार्ताको ब्रिफिङका लागि नेपाल-खनाल समूह आन्तरिक परामर्शमा
१ असार २०७८, मंगलबार

ओलीसँग भएको वार्ताको ब्रिफिङका लागि नेपाल-खनाल समूह आन्तरिक परामर्शमा


माधव नेपाल र झलनाथ खनाल फाइल फोटो

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल-झलनाथ खनाल समूह आन्तरिक परामर्शमा जुटेको छ । हिजो बुधबार साँझ २ घण्टा पार्टी प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका नेता नेपाल आज बिहीबार आफ्नो समूहका नेताहरूसँग छलफलमा जुटेका हुन् ।

ओलीसँगको छलफलमा नेपाललाई गुटगत र समूहगत रूपमा वार्ता नहुने बताएका थिए । ओलीले नेपाललाई शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठकमा उपस्थित भएर आफ्ना कुरा राख्न समेत आग्रह गरेका छन् ।

आजको छलफलमा आफू पक्षधर नेताहरूलाई ओलीसँगको वार्ताको ब्रिफिङ गर्न लागेका हुन् । नेपाल र ओलीबीच आज पनि छलफल हुने बताइएको छ । नेपाल-खनाल समूहका नेताहरूसँग ओलीले व्यक्तिगत सम्पर्क गरिरहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !