११ बैशाख २०८१, मंगलबार

केपी ओली र माधव नेपालवीच मेरियट होटलमा अचानक भेटवार्ता


केपी ओली र माधव नेपाल फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच लामो समयपछि आइसब्रेक गर्दै आज साँझ अचानक भेटवार्ता भएको छ ।

काठमाडौँको नागपोखरीस्थित होटल मारियटमा दुई नेतावीच अचानक भेटवार्ता भएको हो । छलफलमा विष्णु पौडेल समेत सहभागी रहेका छन् । आज दिउसो मात्र योगेश भट्टराईले अध्यक्ष ओलीलाई भेटेर माधव नेपालसँग निर्णायक संवाद गर्न सुझाव दिएका थिए ।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला र सांसद कारवाही गर्ने विषय अघि बढीरहेको बेला अचानक दुई नेताबीच भेटवार्ता हुनुलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ । उनले नेताहरुबीच सकारात्मक संवाद हुने अपेक्षा गरिएको छ ।

हिजो मंगलबार मात्र प्रधानमन्त्री ओलीले नेता नेपालसहित २७ जना संघीय सांसदहरुलाई सांसद पदबाट किन नहटाउने भनी स्पष्टीकरण सोधेका थिए । चैत २ गतेपछि ओली र नेपालबीच पहिलो पटक भेटवार्ता भएको हो ।

उनीहरूबीच पार्टीभित्र देखिएका अन्तरसङ्घर्ष व्यवस्थापन गर्ने सम्बन्धमा गम्भीर विचार विमर्श भएको हो । गत पुस ५ गते प्रतिधिसभा विघटनपश्चात उनीहरूबीच संवाद हुन सकेको थिएन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !