६ बैशाख २०८१, बिहिबार

राष्ट्रपति भण्डारीद्वारा प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्यको घोषणा


विद्यादेवी भण्डारी फाइल फोटो

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्यको घोषणा गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा २ बमोजिम आज आज सोमबार अपरान्ह १ बजेबाट चालु अधिवेशन अन्त्यको घोषणाका गरेकी हुन् ।

‘नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८ वैशाख ६ को सिफारिसमा प्रतिनिधिसभाको चालू अधिवेशन संवत् २०७८ साल वैशाख ६ गते सोमबारका दिन अपरान्ह १ बजेदेखि अन्त्य गरेको छु।’ राष्ट्रपतिद्वारा सभामुख अग्नि प्रसाद सापकोटालाई प्रेषित गरेको पत्रमा भनिएको छ ।

पुस ५ गते विघटन भएर सर्वोच्च अदालतको फैसलापछि फागुन ११ गते पुनःस्थापित प्रतिनिधिसभाको हिउँदे अधिवेशन फागुन २३ गते शुरु भएको थियो । हिउँदे अधिवेशन अन्त्य भएपछि बजेट अधिवेशन सुरु हुने भएकोले सोको मिति पनि सरकारको सिफारिसमा राष्ट्रपतिले नै तोक्ने व्यवस्था छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ । सरकारको सिफारिस बमोजिम राष्ट्रपतिबाट संसद अधिवेशन अन्त्य भएको सूचना जारी भएको हो ।

राष्ट्रपति भण्डारीद्वारा प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्यको घोषणा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !