१३ बैशाख २०८१, बिहिबार

संसद अधिवेशन आजैवाट अन्त्य गर्ने सरकारको निर्णय


मन्त्रिपरिषद् फाइल फोटो

काठमाडौं । नेपाल सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले संसदको अधिवेशन आजै अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो ।

संसदको हिउँदे अधिवेशन आज अपरान्ह १ बजेबाट अन्त्य हुने भएको छ । एक मन्त्रीले संसद अधिवेशन अन्त्यका लागि मन्त्रिपरिषदको आजको बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गरेको जानकारी दिए ।

पुस ५ गते विघटन भएर सर्वोच्च अदालतको फैसलापछि फागुन ११ गते पुनःस्थापित प्रतिनिधिसभाको हिउँदे अधिवेशन फागुन २३ गते शुरु भएको थियो । हिउँदे अधिवेशन अन्त्य भएपछि बजेट अधिवेशन सुरु हुने भएकोले सोको मिति पनि सरकारको सिफारिसमा राष्ट्रपतिले नै तोक्ने व्यवस्था छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ । सरकारको सिफारिस बमोजिम राष्ट्रपतिबाट संसद अधिवेशन अन्त भएको सूचना जारी हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !