४ बैशाख २०८१, मंगलबार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक, विद्यालय बन्द गर्नेबारे होला त निर्णय ?


मन्त्रिपरिषद् बैठक फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ । आज बिहान बिहान ९ बजेका लागि बोलाइएको बैठकमा बढ्दो कोरोना भाइरस नियन्त्रण तथा रोकथामका विषयमा छलफल हुने बताइएको छ ।

अस्ति शनिबार बसेको सीसीएमसी बैठकले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस भएको थियो । तर, विद्यालयको पठन पाठन भने पूर्णरुपमा बन्द नगरी अनलाइन माध्यमबाट पढाउनुपर्ने सीसीएमसी बैठकको सर्त छ ।

सो प्रस्तावबारे आजको बैठकमा छलफल हुनेछ । चौतर्फी रुपमा विद्यालय बन्द गर्न दवाव बढेको बेला आजको बैठकले के निर्णय गर्छ भन्नेमा विशेष चासोका साथ हेरिएको छ । एक मन्त्रीका अनुसार विद्यालय तत्काल बन्द गर्दा नै उचित हुने आफूलाई लागेपनि बैठकले के निर्णय गर्छ भन्नेमा निश्चित नरहेको बताए ।

बैठकबाट स्वास्थ्य सम्बन्धी नयाँ मापदण्ड जारी हुने पनि बुझिएको छ । पछिल्लो समय देशभर कोरोनाभाइरस संक्रमण बढ्दै गएपछि पुनः कडाइ गरिनुपर्ने आवाज उठ्दै आएको छ भने विद्यालयहरुमा विद्यार्थी धमाधम संक्रमित भएपछि स्वास्थ्य मन्त्रालयले नै बन्द गरिनुपर्ने बताउँदै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु