८ बैशाख २०८१, शनिबार

एमाले महाधिवेशन आयोजक कमिटी बैठक बस्दै, खनाल-नेपाल समूह सहभागी नहुने


नेकपा एमाले संसदीय दल फाइल फोटो

काठमाडाैं । सत्तारुढ दल नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज दिउसो १ बजे बैठक बोलाइएको छ ।

प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा समसामयिक विषयमा छलफल गर्न बोलाइएको महाधिवेशन आयोजक कमिटीको बैठकमा खनाल-नेपाल समूह भने सहभागी नहुने बुझिएको छ ।

एमालेको केन्द्रीय समितिलाई दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिमा रुपान्तर गरेपछि आज पहिलो बैठक बस्न लागेको हो । बैठकमा सबै सदस्यलाई अनिवार्य उपस्थित हुन भनिएको छ।

बैठकमा राजनीतिक प्रतिवेदन, कार्यविभाजन, केही संगठनात्मक प्रस्ताव, महाधिवेशन, उपनिर्वाचनको तयारी र समसामयिक प्रस्ताव लगायतबारे छलफल र निर्णय हुने भएको छ ।

ओलीले एकपक्षीय रुपमा बैठक बोलाएपछि एमालेको खनाल-नेपाल समूह भने रुष्ट बनेको छ । पार्टीभित्रको विवादका विषयमा निर्णय दिन आग्रह गर्दै सो समूह आइतबार नै निर्वाचन आयोग पुगेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !