माओवादी केन्द्रको स्थायी समिति बैठक आज सोमबार बस्दै Nepalpatra माओवादी केन्द्रको स्थायी समिति बैठक आज सोमबार बस्दै
३० बैशाख २०७८, बिहिबार

माओवादी केन्द्रको स्थायी समिति बैठक आज सोमबार बस्दै


माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको बैठक सोमबार बस्दै छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न माओवादी केन्द्रले सोमबारका लागि स्थायी समितिको बैठक बोलाइएको जनाइएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार समसामयिक राजनीतिक विषय र पार्टीको आगामी योजनाबारे छलफल गर्न बैठक बोलाइएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !